बैंकिङ कसूरमा फरार व्यक्ति पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०८० माघ १९, शुक्रबार

बैकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति ३ वर्ष पछि पक्राउ परेको छ ।
बैकिङ कसुरमा दोषी ठहर भई २०७७ सालदेखि फरार रहेका गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका–२ का ४० वर्षीय रेवत बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दाहरूमा रानालाई २४ दिन कैद सजाय, ७५ लाख रूपैयाँ जरिवाना र ७५ लाख रूपैयाँ बिगो भराउनुका साथै क्षतिपुर्ति बापत पीडित राहत कोषमा ३ लाख रूपैयाँ जम्मा गराउने फैसला उच्च अदालत पाटनले गरेको थियो ।
उच्च अदातल पाटनको २०७७ मंसिर २१ गतेको उक्त फैसला पछि राना फरार रहँदै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको गोकर्णेश्वरबाट रानालाई पक्राउ गरेको हो ।
रानालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।
Categorized in अपराध