एक हप्तामै आउट अफ स्टक Honor X9b 5G स्मार्टफोन
SamacharDesk – विजनेस ब्यूरो | २०८० माघ २८, आइतबार

अनरको एक्सनाइन बी फाइभजी स्मार्टफोन नेपालमा लन्च भएको पहिलो हप्तामै आउट अफ स्टक भएको छ ।
नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले द अनब्रेकेबल स्मार्टफोन अनर एक्सनाइन बी फाइभजी पहिलो हप्तामै सम्पूर्ण संख्या बिक्री गरेको जनाएको हो ।
बिक्रेता कम्पनीले यो स्मार्टफोनलाई यति धेरै रुचाइदिएकोमा सम्पूर्ण ग्राहकहरुलाई धन्यबाद दिँदै हप्तादिन भित्र पुनः स्टकमा आउने जानकारी पनि दिएको छ ।
सिमलेस र डायनामिक स्मार्टफोन अनुभव खोज्नेहरूका लागि शीर्ष विकल्पको रूपमा यो स्मार्टफोनलाई दाबी गरिएको छ ।
अल्ट्रा बाउन्स ड्रप रेजिस्टेन्स सर्टिफिकेसन सहितको यो फोनमा Snapdragon 6Gen 1 प्याक रहेको छ । फोनमा २५६ जिबीको स्टोरेज क्षमता, थप ८ जीबी भर्चुअल एक्सटेन्सनको साथमा १२ जीबीसम्मको मेमोरी पावर पनि दिइएको छ ।
स्मार्टफोन क्षेत्रमा यहि फोनले पहिलो पटक एसजिएसबाट ५ स्टार रेटिङ्ग पाएको छ ।
अल्ट्रा–बाउन्स एन्टी–ड्रप टेक्नोलोजीको साथमा ६.७८ इन्च, १.५ k रिजोल्युसनकाे Amoled स्क्रिन रहेको छ । रियर क्यामेराको रूपमा 108 MP शूटरको साथ, यो 5 MP अल्ट्रावाइड र पछाडि 2 MP म्याक्रोलेन्सबाट सहायता गरिएको छ ।
फ्रन्ट क्यामेरा 16 MP को रहेको छ । फोनमा रहेको 5800 MAH ब्याट्रीका कारण चार्ज तीन दिनसम्म रहने कम्पनीको दाबी छ ।
Categorized in बिजनेस