१ सय ४९ किलो गाँजासहित १४ जना पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०८० माघ २९, सोमबार

धरानमा करीब डेढ सय किलो गाँजासहित १४ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १४९ किलोसहित १४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
धनकुटाबाट धरानतर्फ जाँदै बिआर १० पि ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार कुर्नियाका ३१ वर्षीय मनोरन्जन मुइमार समेत ४ जनालाई पक्राउ गरिएको हो ।
त्यस्तै एमपि १७ टिए ०५१२ नम्बरको बोलेरोबाट ९९ किलो गाँजासहित चालक भारत बिहार कुर्नियाका ३९ वर्षीय गोपी मण्डलसमेत ५ जनालाई पक्राउ गरेको हो ।
साथमा उक्त लागूऔषधको कारोबारमा संलग्न बिआर १० एजे ४४८६ नम्बरको कारमा सवार भारत बिहार कुर्नियाकै २३ वर्षीय सन्तोष साहसमेत ५ जना पनि पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीको टोलीले तिनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध