arin enterprises

भारतले अर्काे भूउपग्रह प्रक्षेपण गर्यो

SamacharDesk | २०८० फाल्गुण ६, आइतबार

भारतले भुउपग्रह आइ.एन.एस.ए.टी–३ प्रक्षेपण गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार मौसम बिज्ञान उपग्रहका रुपमा रहेको यो उपग्रहल भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो ।

उक्त उपग्रह जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रवेश गरेको इसरोले सामाजिक सञ्जालमार्फत जनाएको छ । यस उपग्रह मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान गर्नुका साथै प्रकोपका बिषयमा चेतावनीका लागि डिजाइन गरिएको हो । यसले भूमि र समुद्र सतहहरूको निगरानी समेत गर्ने इसरोले जनाएको छ ।

करीब २२ सय ७४ किलो तौल भएको यस नयाँ उपग्रहले भारतको मौसम विज्ञान विभाग लगायत पृथ्वी विज्ञान मन्त्रालय अन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्याउने र यसले पठाउने सूचनाहरु मौसम र विपद् पूर्वानुमानका लागि निकै उपयोगी हुने इसरोको दाबी छ ।

Categorized in अन्तर्राष्ट्रिय