arin enterprises

रुसले क्यान्सरको खोप चाँडै सार्वजनिक गर्छ : राष्ट्रपति पुटिन

SamacharDesk | २०८० फाल्गुण ८, मंगलबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले चाँडै नै क्यान्सर विरुद्धको खोप सार्वजनिक गर्ने बनाउन लागेको बताएका छन् । खोप हाल परीक्षणको चरणमा रहेको र आफ्नो देशको वैज्ञानिकहरु सफलता नजिक रहेको रुसी राष्ट्रपति पुटिनले दाबी गरेका हुन् ।

उनले सरकारी टेलिभिजनमा सम्बोधन गर्दै क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि उपलब्ध गराइने बताएका छन् । तर, यो खोपले कुन प्रकारको क्यान्सर विरुद्ध काम गर्छ वा सबैमा काम गर्छ भन्ने बारे उनले स्पष्ट भनेका छैनन् ।

क्यान्सरको प्रभावकारी उपचारको लागि विगत केही दशक अघिदेखि विश्वभर खोजी भइरहेको छ ।

अहिले जर्मनी कम्पनी बायोटेक, अमेरिकी कम्पनी मोडर्ना र मर्कले क्यान्सर भ्याक्सिनको लागि काम गरिरहेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय