arin enterprises

दक्षता अभिवृद्धिका लागि ट्राफिक नियन्त्रण तालिम

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० फाल्गुण १०, बिहिबार

ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ ।

बिहिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले तालिमको उद्घाटन गरे ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सडकमा सवारी साधनको चापलाई व्यवस्थापन, सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताउनुभयो ।

यस प्रशिक्षणमा प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्नेमा श्रेष्ठले जोड दिए ।  

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले ४५ दिन कार्यावधि रहेको तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ४७ जना्को सहभागी रहेको जानकारी दिए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित तालिममा ६० जना प्रहरी कर्मचारीहरूको सहभागीता रहेको छ ।

Categorized in समाज