arin enterprises

स्पेनको भवनमा आगलागी हुँदा ४ जनाको मृत्यु

SamacharDesk | २०८० फाल्गुण ११, शुक्रबार

हिजो साँझ पूर्वी स्पेनको भ्यालेन्सियामा १४ तले एक आवासीय भवनमा आगलागी भएको छ ।

आगलागीमा परि चार जनाको मृत्यु भएको छ । आगलागी भएको भवनमा मानिसहरु फसेका कारण मृत्युको संख्या बढ्न सक्ने जनाइएको छ ।

साँझ साढे ५ बजे लागेको आगलागीका कारण १९ जना बेपत्ता भएकोले उनीहरु जलेको हनुसक्ने अनुमान गरिएको छ । स्पेनमा पछिल्लो समय तेज गतिको हावा आउने क्रम जारी रहंदा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि प्रयोग गरिएको २० वटा दमकलले घण्टौंपछी आगो नियन्त्रणमा लिएको थियो । आगलागीमा फसेकाहरुको क्रेन प्रयोग गरी उद्धार गरिएको छ । आगलागीका कारण भवन परिसरका पार्किङमा राखिएका सवारीसाधनहरु जलेर नष्ट भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय