जितको खुसियालीमा हृदयघात भएर मृत्यु
SamacharDesk | २०८० फाल्गुण १२, शनिबार

विहीबार भारतको बैंग्लुरुम जीतको खुसियाली मनाउने क्रममा हृदयघात भएर पूर्व क्रिकेटर के होयसालको निधन भएको छ ।
बैंग्लुरुमा आयोजित एजिस साउथ जोन प्रतियोगितामा तमिलनाडु र कर्नाटकबिच खेल भएको थियो ।
उक्त खेलमा कर्नाटकको टोली विजयी भएको थियो । कर्नाटक टोलीमा सम्मिलित पूर्व क्रिकेटर ३४ वर्षीय होयसालको खुसियाली मनाउने क्रममा मृत्यु भएको हो ।
खेल जितेलगत्तै कर्नाटकका खेलाडीहरूले मैदानमा विजयको उत्सव मनाइरहेका बेला अचानक छाती दुखेपछि होयसाला मैदानमै बेहोस भएको थियो ।
तत्काल आकस्मिक उपचार गरेता पनि उनको शरीरले प्रतिक्रिया गर्न छोडेपटि थप उपचारका लागि एम्बुलेन्सबाट अस्पताल लगिएको थियो ।
होयसाला अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको अस्पतालले जनाएका छन् ।
यता कर्नाटक सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री दिनेश गुन्डु रावले सामाजिक सञ्जालमार्पmत शोक व्यक्त गर्दै यस दुःखको घडीमा उहाँका परिवार र आफन्तजनलाई हार्दिक समवेदना व्यक्त गरेका छन् ।
Categorized in स्पाेर्ट्स