arin enterprises

आर्सनल र सिटि विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १३, आइतबार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेका छन् । शनिबार राति सिटीले वर्नमाउथलाई १–० ले हराएको हो । सिटीलाई जिताउन खेलको २४ औं मिनेटमा फिल फेडेनले निर्णायक गोल गरेका थिए ।

यस्तै शनिबार राति नै भएको प्रिमियर लिगको अर्को खेलमा आर्सनलले न्युक्यासल युनाईटेडलाई हराएको छ । लगातार छैटौं खेलमा जित निकाल्ने क्रममा आर्सनलले न्युक्यासललाई ४–१ ले हरायोस्वेन बोटमेनको आत्मघाति गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो । काइ हभार्ट्जले २४ औं मिनेटमा आर्सनलको अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा समेत आर्सनलको लागि खेलको ६५ औं मिनेटमा बुकायो साकाले तेस्रो गोल गरे । त्यसको चार मिनेटपछि जेकब किवियोरले लण्डन क्लबलाई ४–० को अग्रता दिलाए । खेल सकिन ६ मिनेटअघि जो विलोकले न्युक्यासलका लागि एक गोल फर्काए ।

शनिबारको जितले दुवै टिमले शीर्ष स्थानको लिभरपुलमाथि दबाब बढाई उपाधि दौडमा आफुलाई कायम राखेका छन् ।

दोस्रो स्थानको सिटीले ५९ अंक जोड्डै लिभरपुलसँगको अंक दुरी एक अंकमा झारेको छ । तेस्रो स्थानको आर्सनलको ५८ अंक छ । शीर्ष स्थानको लिभरपुलको ६० अंक छ ।

Categorized in स्पाेर्ट्स