arin enterprises

मोड्रिचको गोलमा रियल विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १४, सोमबार

स्पेनीस लालिगामा रियल म्याड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले सेभिल्लालाई १–० गोलले हराएको हो ।

घरेलु मैदानमा रियललाई जिताउन लुका मोड्रिचले निर्णायक गोल गरे । मोड्रिचले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै रियलले लालिगाको अंकतालिकामा ८ अंकको अग्रता लिएको छ । शीर्ष स्थानमा रियलको ६५ अंक छ । 

यस्तै दोस्रो स्थानको बार्सिलोनाको ५७ अंक छ भने एक खेल कम खेलेको तेस्रो स्थानको जिरोनाको ५६ अंक छ ।

पराजित सेभिल्ला २४ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।

Categorized in स्पाेर्ट्स