काठमाडौं महानगरमा स्वयंसेवकको आवेदन खुला
SamacharDesk | २०८० फाल्गुण १५, मंगलबार

काठमाडौं महानगरपालिकाले स्वयंसेवक पदका लागि आवेदन खुल्ला गरेको छ ।
२४ साताका लागि करिब १ सय ४० जना स्वयंसेवक ९सिटी भोलेन्टियर० मागिएको छ । आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्ने जनाएको छ ।
महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत १ सय बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको महानगरले जनाएको छ ।
छनोट भएका स्वयंसेवकहरुले कार्यक्रम अन्तर्गत सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्ने छ ।
आवेदनका लागि महानगरले नाम, थर, स्थायी, अस्थायी ठेगाना, रुचि भरेर बुझाउनुपर्ने जनाएको छ ।
‘यसमा आफू कुन विधामा इच्छुक हो, वातावरण तथा बालबालिका र सम्पदामा युवा तथा बालबालिकामध्ये एउटालाई छान्नुपर्छ ।
त्यो क्षेत्रमा किन स्वयंसेवक बन्न खोजेको हो, त्यसबारे २ सय शब्दसम्ममा धारणा लेखेर पठाउनुपर्ने महानगरले जनाएको छ ।
Categorized in स्थानीय