भारतको मध्येप्रदेशमा पिकअप भ्यान पल्टिंदा १४ को मृत्यु
SamacharDesk | २०८० फाल्गुण १७, बिहिबार
भारत मध्यप्रदेश राज्यको डिंडोरी भन्ने स्थानमा बिहीबार सडक दुर्घटनामा परी १४ जनाको मत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
मर्नेहरुमा आठ महिला ८ जना पुरुषको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । गोद भराई कार्यक्रम सहभागी भई फर्कने क्रममा पिकअप वाहन अनियन्त्रत भई पल्टिंदा दुर्घटना भएको जनाएको छ ।
घाइतेहरूमध्ये केहीलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ ।
पीडितहरू सोही गाउँका वासिन्दा रहेको थाहा भएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ नेताहरूले यस दुर्घटनामा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय