arin enterprises

नेपाललाई हराउँदै जोर्डन च्याम्पियन, साम्बा सर्वाधिक गोलकर्ता

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १८, शुक्रबार

नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ ।  बिहिबार खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो ।

साउदी अरबमा भएको खेलमा अग्रता नेपालले २९ औं मिनेटमा सविता राना मगरको गोलमा लिएको थियो । जोर्डनका लागि ७३ औं मिनेटमा लाना फिरसले बराबरी गोल फर्काएकी थिईन् ।

निर्धारित समयको खेल सकिन एक मिनेट अघि जोर्डनकी अबु सब्बाले गोल गर्दै टोलीलाई जितको नजिक पुर्याएकी थिईन् । तर, इन्जुरी समयमा पाएको पेनाल्टीमा गिता रानाले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म पुर्‍याए  ।

मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) बिना मैदान उत्रिएको नेपाली टोलीले पेनाल्टी सुटआउटमा चुक्न पुगेको हो ।

समूह चरण र सेमिफाइनलमा शानदार प्रर्दशन गरेको नेपालले फाइनल समेत सोही लयलाई निरन्तरता दिएको थियो । तर पेनाल्टी सुटआउटमा नेपाललाई भाग्यले साथ नदिएपछि जोर्डनले उपाधि उचालेको हो ।

यस्तै फाइनल खेल गुमाएकी साम्बाले यस प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेकि छिन् । उनले वाफ च्याम्पियनसिपमा ९ गोल गरेकी हुन् ।

साउदी अरबमा भएको यस प्रतियोगितामा साम्बाले आफ्नो ५० गोलको कोशेढुंगा समेत पार गरेकी थिईन् ।

उनी अहिले फ्रान्सेली क्लबबाट युरोपमा ब्यवसायीक फुटबल खेलिरहेकी छिन् ।

Categorized in स्पाेर्ट्स