arin enterprises

लागुऔषध सहित दुई पक्राउ

SamacharDesk – क्राइम ब्यूरो | २०८० चैत्र २, शुक्रबार

काठमाडौंवाट अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलो १ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका–३ घर भएकी २२ वर्षीया बिनिता तामाङ पक्राउ परेकी हुन् ।

धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै सिरहा,औरही गाउँपालिका–१ दरैहिया हनुमानचोकबाट एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–२ बस्ने २७ वर्षीय राजेश ठाकुरलाई रहेको छ ।

बिहीबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ८२८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित ठाकुरलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Categorized in अपराध