नक्कली नोटसहित तीन जना पक्राउ
SamacharDesk | २०८० चैत्र ५, सोमबार

नक्कली नोट छाप्ने गिरोहलाई हिजो ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
उक्त गिरोहले बनेपामा एचएम मोबाइल केयर संचालन गरेर गोप्य रुपमा भित्र नक्कली नोट छाप्ने कार्य गरिआएका थिए ।
पक्राउ परेका ३ जनालाइ ललितपुर प्रहरी परिसरले हिजो पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३७ वर्षिय करण प्रधान, काभ्रेको मण्डन देउपुर नगरपालिका ११ तिमिल्सिना गाउँका सन्जय अधिकारी र काभ्रे बेथानचोक गाउपालिका ३ लप्सिबोटका सबिन हुमागाइ रहेका छन् ।
प्रहरीले करण र सञ्जयको बयानका आधारमा हुमागाईंको पसलमा छापा मार्दा हजार दरका नक्कली नोट ६९ थान र ५ सयको एक थान बरामद गरेको छ ।
प्रहरीले हुमागाईंको साथबाट मोबाइल, आइफोन, ल्यापटप र कलर प्रिन्टरसमेत बरामद गरेको छ ।
Categorized in अपराध