थप १९ जना कोरोना संक्रमणबाट निको भए
SamacharDesk – विकाश | २०७७ जेठ १६, शुक्रबार

नेपालमा दिनहुँ नयाँ संक्रमितको संख्या थपिँदै जाँदा पुराना संक्रमितहरु निको हुने क्रम पनि निरन्तर छ ।
यसैक्रममा पछिल्लो समय देशका विभिन्न अस्पतालमा उपचाररत १९ जना संक्रमितहरु कोरोनालाई जितेर घर फर्केका छन् ।
तीमध्ये टेकु अस्पतालमा उपचाररत २ जना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने पाटन अस्पतालबाट ७ जना घर फर्केका छन् ।
त्यसैगरी बलम्बु युनिफाइड कोभिड १९ अस्पतालमा उपचाररत २ जना, कोरोना विशेष अस्पताल बेलुझुन्डी दाङबाट ८ जना पनि संक्रमण निको भएर घर फर्केका छन् ।
उनीहरुको पछिल्लो दुई वटा परिक्षणको रिपोर्ट लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई सय ६ पुगेको छ । जसमध्ये एक सय ६२ जना पुरुष रहेका छन् भने महिला ४४ जना छन् ।
प्रादेशिक विवरण अनुसार प्रदेश १ मा ३० जना निको भएका छन् भने सबैभन्दा बढि प्रदेश २ मा एक सय २ जना निको भएर घर फर्किएका छन् ।
त्यसैगरी वागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ र सुदुरपश्चिम प्रदेशमा ५ जनाले कोरोनाभाइरसलाई जितेका छन् ।
Categorized in समाज