रुसमा आगामी ६ वर्ष पुटिनकै शासन
SamacharDesk | २०८० चैत्र ५, सोमबार
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौ कार्यकालका लागि निर्वाचित भएका छन् ।
राष्ट्रपतीय निर्वाचनमा उनीसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र थिए। निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको नतिजा अनुसार उनले ८७ प्रतिशत भन्दा बढी मत प्राप्त ल्याएर विजयी भएको छ ।
७१ वर्षीय पुटिन रुसी राष्ट्रपतिमा पुनः निर्वाचित भएसँगै रुसमा कम्तिमा अरु ६ वर्ष पुटिनकै शासन चल्ने भएको छ । रुसले कब्जा गरेको युक्रेनका केही भूभागमा पनि यसपटक मतदान भएको छ ।
जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्राइमिया क्षेत्रमा चुनाव गराएर रुसले ती क्षेत्रहरु आफुले नछाड्ने सन्देश दिएको छ ।
यसैबीच मतदानको अन्तिम दिन हिजो रुसी शहरहरूमा कम्तिमा ८० प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।
कारागारभित्रै मारिएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवाले जारी गरेको विरोध अपिलमा भेला हुनेहरुको मतदान केन्द्रबाहिर लामो लाइन लागेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय