नेपाललाई सान्त्वना जित
SamacharDesk | २०८० चैत्र २०, मंगलबार

रोमाञ्चकपूर्ण खेलमा नेपाल ‘ए’ ले सोमवार आयरल्याण्ड ‘ए’ माथि सान्त्वना जित प्राप्त गरेको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले ३ रनको जित निकालेको हो । नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रनमा समेटिंदा नेपालले जित हासिल गरेको हो ।
घरेलु मैदानमा नेपालले पहिलो दुई खेल गुमाएको थियो । तर अन्तिम तथा तेस्रो खेलमा भने नेपाल ‘ए’ ले ३ रनको रोमाञ्चक जित निकाल्दै श्रृंखलाको सुखद् अन्त्य ग¥यो । उत्कृष्ट ब्याटिङ गरेको नेपालले बलिङमा लय गुमाउँदा हार संघारमा पुगेको थियो ।
अन्तिम ओभरमा आयरल्याण्ड ‘ए’ लाई जितका लागि २० रन आवश्यक थियो । तर डेथ ओभर बलिङ गर्न आएका रासिद खानले १६ रन मात्र दिए ।
आक्रामक ब्याटिङ गरिरहेका फिओन हाण्ड २२ रनमा यो ओभरको पाँचौं बलमा आउट भए र रासिदको आत्मबल बढ्यो । हिजो भएको खेलमा पहिलो ब्याटिङ गरेको नेपालको लागि आरिफ सेखले उत्कृष्ट ब्याटिङ गरेका थिए ।
नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रनको विशाल योगफल बनायो । खराब शुरुवात गरेको नेपालले छिट्टै तीन विकेट गुमाउन पुग्यो ।
तर पाँचौं नम्बरमा आएका आरिफले इनिङको अन्त्यसम्म ब्याटिङ गरे । उनले ४८ बलमा ९३ रन जोडे । उनको इनिङमा सात चौका र ६ छक्का प्रहार गरे । रासिदले २४ रन जोड्दा बसिर अहमद र कमलसिंहले समान १९ रन जोडेका थिए ।
Categorized in स्पाेर्ट्स