arin enterprises

सुनसरीमा दुई समूहबीच झडप, अनिश्चितकालिन कर्फ्यू

SamacharDesk | २०८० चैत्र २३, शुक्रबार

जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ ।

एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि सुनसरीको इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ ।

शुक्रबार भएको झडपको नियन्त्रणको क्रममा चार जना घाइते भएका छन् जसमा दुई जनालाई प्रहरीको गोली लागेको जनाइएको छ ।

प्रहरीले स्थिति नियन्त्रणका लागि दर्जनौं अश्रुग्याँस र हवाई फायर समेत गरेका थिए ।

निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन प्रशानले जारी गरेको  कर्फ्यू  आदेशमा उल्लेख छ ।

Categorized in राष्ट्रिय