arin enterprises

पाहाँचह्रेको दोस्रो दिन आज मरःजा खुवाईने

SamacharDesk – Ram Dangol | २०८० चैत्र २६, सोमबार

तीन दिनसम्म मनाउने पाहाँचह्रे पर्वको आज दोस्रो दिन टोलटोलमा स–साना बालकालिकाहरुलाई “मरःजा” खुवाएर मनाईंदैछ ।

आज ब्रतबन्ध तथा वेलविवाह नगरेका साना साना बालबालिकाहरुलाई लस्करै राखेर मरःजा खुवाईंदैछ । मरःजा एक प्रकारको पवित्र भात हो, जुन शुद्धसँग नित्य पूजा गरी पकाइन्छ ।

मरःजा अजिमाको प्रसादको रूपमा पनि लिइन्छ । जसमा दालभात, तरकारी, मासु लगायत ८४ व्यञ्जन राखेर खुवाउने गरिन्छ ।

यस अलावा श्रद्धालु व्यक्तिहरूले चक्लेट, बिस्कुट र कसैले मिठाई पनि बालबालिकाहरूलाई वितरण गर्ने गर्छन् ।

अजिमाको प्रसाद ‘मरःजा’ खुवाएपछि बालबालिकाहरूलाई भुतप्रेतले नछुने, रुन्चे नलाग्ने र अनेकौं रोग लाग्नबाट बचाउने जनविश्वास रहि आएको छ ।

यस अवसरमा आज काठमाडौंभरिका विभिन्न टोलहरु भिमसेनस्थान, लगन, नायपाचो, ह्यूमत, कोहिटी आदि स्थानमा खुवाइन्छ ।

यस अवसरमा आफन्त वित्नेहरुको घरबाट कसैले दूध, कसैले दही दान गर्ने प्रचलन पनि रहेको छ ।

Categorized in संस्कृति