arin enterprises

म्यान्चेस्टर युनाइटेड र लिभरपुल बराबरीमा

SamacharDesk | २०८० चैत्र २६, सोमबार

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन् ।

म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा घरेलु टोलीका ब्रुनो फर्नान्डेज र कोबी माइनोले एक एक गोल गरे ।

लिभरपुलका लागि लुइस डियाज र मोहोमद सालाहले दुई गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई शेफिल्ड युनाइटेडले २–२ गोलको बराबरीमा रोक्दा टोटनह्याम हट्सपरले नटिङ्घम फरेष्टलाई ३–१ ले पराजित ग¥यो ।

गएरातिको खेलपछि इंग्लीश प्रिमियर लिगको अंक तालिकामा लिभरपुलले अग्रता लिने अवसर गुमाएको छ ।

लिगमा ३१ खेलबाट आर्सनल र लिभरपुलको समान ७१ अंक भएपनि गोलअन्तरको आधारमा आर्सनल शिर्ष स्थानमा छ भने लिभरपुल दोस्रोमा छ ।

७० अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहँदा ६० अंक जोडेको टोटनह्याम हट्सपर चौथो स्थानमा उक्लिएको छ । पाँचौ स्थानको एस्टन भिल्लाको पनि ६० अंक छ ।

Categorized in स्पाेर्ट्स