अमेरिकामा खग्रास सूर्यग्रहण
SamacharDesk | २०८० चैत्र २६, सोमबार

अमेरिकाको केही राज्यमा आज खग्रास सूर्यग्रहण लाग्ने भएको छ ।
स्थानीय समय अनु्सार बिहान ९ बजेर ५१ मिनेटमा सुरु भएर न्यूफाउन्डल्यान्डमा साँझ ५ बजेर १६ मिनेटमा अमेरिकाको १५ राज्यका केही स्थानबाट ग्रहण देख्न सकिने जनाएको छ ।
सुर्यग्रहण मेक्सिकोको सिनालोआबाट सुरु भएर १५ अमेरिकी राज्य पार गर्दै क्यानाडाको ओन्टारियो, क्युबेक, न्यू ब्रन्सविक, नोभा स्कोटिया, प्रिन्स एडवर्ड आइल्यान्ड र न्यूफाउन्डल्यान्डमा पुग्ने छ ।
सुर्यग्रहणका क्रममा ती राज्यहरुमा केही समयका लागि अन्धकार हुने भएको छ । चन्द्रमाको छाया परेर अन्धकार हुने यो अवस्था मेक्सिकोबाट सुरु भएर क्यानडासम्मको उत्तरपूर्वी दिशामा केही घण्टासम्म रहनेछ ।
सुर्यग्रहण अमेरिकाको १५ राज्यका करिब ४ करोड ४० लाख मानिसले पूर्ण सूर्यग्रहण अवलोकन गर्ने सकिने भएको छ । चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यग्रहण देखिने र पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकेको अवस्थामा सुर्यग्रहण लाग्ने गरेको छ ।
यसपटक पूर्ण ग्रहण १८५ किलोमिटर चौडा र १६ हजार किलोमिटर लामो समग्रता मार्गमा देखिँदैछ ।
Categorized in अन्तर्राष्ट्रिय