राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा डा. अन्जान शाक्य मनोनित
SamacharDesk | २०८१ बैशाख ६, बिहिबार

राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्यलाई मनोनित गरेको छ ।
गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बाट डा. शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । डा. शाक्य एमाले विदेश विभाग सदस्य शाक्य तथा इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुुहुन्छ ।
यसैगरी, बिहीबारै राष्ट्रपतिले तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपतिले रायालाई नेपालको संविधानको धारा २४० को उपधारा २ बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको जानकारी दिनुभयो ।
Categorized in राजनीति