arin enterprises

चालिस स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पदक’

SamacharDesk – विजयरत्न | २०८२ माघ २६, सोमबार

नेपाली भाषा साहित्यका सुविख्यात स्रष्टा विजय मल्लको शताब्दी महोत्सवका अवसरमा ४० स्रष्टाहरुलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ प्रदान गरिने भएको छ ।

विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त मल्लका सिर्जनात्मक य‍ोगदानको प्रसार र सम्वर्ध्दनका लागि उल्लेखनीय योगदान दिएबापत उक्त पदकबाट सम्मानित गर्न लागिएको हो ।

‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित हुनेहरूमा नीर शाह, चैत्यदेवी सिंको साथै अंशुमाला शाही, अर्चना श्रेष्ठ, डा.उमा श्रेष्ठ , डा.कुशनारायण श्रेष्ठ, कृष्ण मल्ल, प्रा.केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा रहेका छन् ।

त्यस्तै टीका पहाडी, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.देवीप्रसाद गौतम, प्रा.डा.देवीप्रसाद सुवेदी, नगेन्द्र थापा, नलिनी मास्के, नीना ख्वाउँजु, प्रेमबहादुर बस्नेत, वन्दना श्रेष्ठ, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा.डा.महादेव अवस्थी, मुरलीधर, रवीन्द्र खड्का, रमा कंसाकारलाई पनि उक्त पदक प्रदान गरिने भएको छ ।

विजय मल्ल नइ शताब्दी पदकबाट सम्मानित हुने अन्यमा रीता राजभण्डारी, रीतादेवी प्रधान, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, सिर्जना बाटाजु, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा.हेमचन्द्र नेपाल पनि रहेका छन् ।

आगामी फागुन १६ गते ‘विजय मल्ल नइ शताब्दी पदक’ प्रदान गरिने एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

Categorized in पेजथ्री