इटालीमा पनि सार्वजनिक सेवाको अवस्था विरुद्ध प्रदर्शन
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ कार्तिक १७, सोमबार
विश्वभरी विभिन्न देशहरुमा सरकार विरुद्ध प्रदर्शनहरु भइरहेको बेलामा इटालीमा पनि बढ्दो जीवनयापन खर्च र सार्वजनिक सेवाको अवस्था विरुद्ध देशव्यापी प्रदर्शन भएको छ ।
इटालीका ६० भन्दा बढी सहरमा ट्रेड युनियन युनियोने सिन्डाकाले दी बासे (यूएसबी) ले आह्वान गरेको आमहडतालको क्रममा मजदुर तथा विभिन्न समूहले प्रदर्शनमा सहभागिता जनाएका थिए ।
प्रदर्शनकारीहरूले जीवनयापनको अवस्था र सार्वजनिक संस्थासँग सम्बन्धित विभिन्न विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रदर्शनमा १५ लाख भन्दा बढिको सहभागीता रहेको युनियनको दाबी छ भने इटालीको गृह मन्त्रालयले भने प्रदर्शनमा करिव दुई लाख ५५ हजार मानिसहरु सहभागी भएको जनाएको छ ।
ईटालीका केही सहरमा प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय




