गाजा युद्धले दोस्रो चरणमा प्रवेश गरेको न्याहुको भनाई
SamacharDesk | २०८० कार्तिक १२, आइतबार

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजामा जारी युद्ध दोस्रो चरणका प्रवेश गरेको बताएका छन् ।
नेतान्याहुले एक टेलिभिजन सम्बोधनमा बोल्दै यसबारे जनकारी दिएका हुन् । उनले इजरायली कमाण्डरहरु “गाजा पट्टीमा“ पूर्णरुपले तैनाथ गरिएको पुष्टि गरे ।
नेतन्याहुले हमासद्वारा बन्धक बनाएका इजरायलीका परिवारलाई भेटेर बन्धकहरुलाई फिर्ता गर्नु सेनाको प्राथमिक लक्ष्य रहेको बताए ।
इजरायली सेनाले गाजा शहरमा पर्चाहरू खसाल्दै यो क्षेत्र अब युद्धको मैदान भएकोले सर्वसाधारण जनतालाई दक्षिणतिर जान उर्दी जारी गरेको छ । गाजा क्षेत्रमा संचार सम्पर्क पूर्णरुपले विच्छेद गरिएको छ ।
इजरायलले हमास लडाकु विरुद्धको भूमिगत युद्ध “लामो र कठिन“ हुने अनुमान समेत गरेको छ ।
७ अक्टोबरको हमासको आक्रमणपछि इजरायलले गाजामा ब्यापक बमबारी गरिरहेको छ । अहिलेसम्म १४ सय बढी इयजरायली र सात हजार ५ सयभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय