arin enterprises

नेपालमा ‘ओलम्पिक डे २०२४’ को शुभारम्भ

SamacharDesk | २०८१ जेठ २६, शनिबार

नेपालमा ओलम्पिक डे २०२४ को आजदेखिे सुरुवात भएको छ । स्पोर्ट्स फर अल कमिसनले नेपालमा ओलम्पिक डे २०२४ को सुरुवात गरिएको हो ।

नेपाल ओलम्पिक कमिटी एनओसी अन्तर्गतकोे उक्त कमिसनले शनिबार पाटनको मंगलबजारमा कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को झण्डोत्तोलन गरी शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा नेपाल प्रहरी ब्याण्ड टोलीबाट सांगितिक कार्यक्रम प्रस्तुत गरिएको थिया भने स्कुलका छात्राबाट मंगल धुन प्रस्तुत गरिएको थियो ।

हरेक बर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्थापना भएको दिन २३ जुनको अवसर पारेर नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ ।

सो अवसरमा कमिसनका अध्यक्ष श्रेष्ठले स्कुलमा पढ्ने बालबालिकालाई सानैदेखि सही मार्गमा डोर्याउन र खेलकुदको बारेमा जानकारी गराउन यस किसिमको कार्यक्रम गरिएको बताए ।

यस्तै ड्रग र विसंगति जस्ता खराब क्रियाकलापबाट रोक्न पनि यस कार्यक्रमले सहयोग गर्ने उनले बताए । ओलम्पिक डे अन्तर्गत नेपालको सात वटै प्रदेश, राष्ट्रिय खेल संघ संस्थाहरू विभागीय टोली प्रि स्कुलहरूसँग सहकार्य गरेर  ओलम्पिक डेको विभिन्न कार्यक्रम गरिने जानकारी दिएको छ ।

यस्तै ओलम्पिक डे को दिन जुन २३ मा मुख्य कार्यक्रम आयोजना गरिने जनाइएको छ । नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्थापना भएको दिन २३ जुनको अवसर पारेर नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ ।

Categorized in स्पाेर्ट्स
SKIP THIS buddhan jayanti 2082