arin enterprises

FTIN को श्रव्य उत्पादन सम्वन्धि कार्यशाला सम्पन्न

SamacharDesk – बिराज | २०८० मङ्सिर ४, सोमबार

स्टुडियो अथवा लाइभ अडियो रेकर्डिङ सम्वन्धि एक दिने कार्यशाला ललितपुरमा सम्पन्न भएको छ ।

फिल्म एन्ड टेलिभिजन ईन्स्टिच्युट अफ नेपाल (FTIN) र लाईफ रेकर्ड्सले एक दिने ‘अडियो प्रोडक्सन कन्सल्टेसन वर्कशप’ को आयोजना गरेको हो ।

वर्कसपमा सहभागीहरुलाई अडियो इन्जिनिर सन्दिप राईले लाईभ वा स्टुडियो रेकर्डिङ गर्दा जान्नपर्ने आधारभुत बिषय सम्वन्धि परामर्श दिएका थिए । कार्यक्रममा उपत्यकाका विभिन्न स्थानबाट ७० भन्दा बढीको सहभागीता रहेको थियो ।

FTIN ले निर्देशन, छायाङ्कन, श्रव्य दृश्य सम्पादन, अभिनय, पटकथा लेखन जस्ता बिषयमा अध्ययन, अध्यापन गराउँदैछ । यस इन्स्टिच्यूटले यही जनवरी २०२४ बाट आफ्नो कक्षाहरु नियमित सन्चालन गर्दैछ ।

Categorized in पेजथ्री