arin enterprises

स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ३ सिताराईस मिलस्थित सडकमा स्कूटर दुर्घटना भई एक जनाको मृत्यु भएको छ । 

लु २६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका २ शंकरनगर बस्ने ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि क्रिमसन हस्पिटल मणिग्राम लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

Categorized in समाज