arin enterprises

लकडाउनमा अनलाईन एक्टिङ प्रतियोगीता हुँदै

SamacharDesk – बिराज | २०७८ बैशाख २१, मंगलबार

लकडाउनको समयलाई सदुपयोग गर्दै अनलाइनबाट नयाँ कलाकार खोज्ने कार्यक्रम थालिएको छ ।

नेपालभाषाको कलाकारिता क्षेत्रमा नयाँ कलाकारहरु भित्र्याउने उद्देश्यले सुखावति मल्टि प्रोडक्सनले अनलाईन अभिनय प्रतियोगीताको आयोजना गरेको हो ।

सुखावति मल्टि प्रोडक्सनले ‘जि नं एक्टिङ याये सः’ नामबाट अनलाईन एक्टिङ प्रतियोगीताको शुरुवात गरेको हो । सुखावतिका अध्यक्ष साथै कलाकार निर्देशक सुरेन्द्र तुलाधरले आफ्नो फेसबुक वालमार्फत प्रतियोगीताको घोषणा गरेका हुन् ।

कलाकार भोगन्द्र मानन्धरको संयोजकत्वमा प्रतियोगीताको आयोजना भइरहेको हो ।

प्रतियोगीतामा कुनै पनि सन्देशमूलक विषयवस्तुमा नेपालभाषाका संवादसहित एक्टिङ गरी ३ देखि ५ मिनेटसम्मको भिडियो बनाएर surendratula@gmail.com मा मेल गर्न भनिएको छ ।

‘मेलमार्फत सहभागीता जनाइएको भिडियोबाट टप टेन छानेर टप टेन प्रतिस्पर्धीबीच फाइनल प्रतियोगीता हुनेछ । फाइनलमा प्रथम, दोश्रो र तेश्रो हुने प्रतियोगीलाई नगद पुरस्कारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ’ तुलाधरले जानकारी दिनुभयो ।

विजयी प्रतियोगी छनौट गर्न कलाकार र निर्देशक रामकृष्ण खड्गी, निर्देशक आर्यम नकर्मी र कलाकार हिसिला महर्जन सम्मिलित निर्णायक मण्डल बनाइएको छ ।

आउँदो जेठ १५ गते बेलुकी ८ः०० बजे भित्र भित्रिने भिडियोलाई प्रतियोगीतामा समावेश गरिने आयोजकले जनाएको छ ।

Categorized in पेजथ्री