arin enterprises

पाकिस्तानको मतपरिणाममा खान समर्थित उम्मेदवारहरुको अग्रता

SamacharDesk | २०८० माघ २६, शुक्रबार

पाकिस्तानमा बिहिबार सम्पन्न आम निर्वाचनको मतगणना जारी छ ।

पाकिस्तानको चुनाव आयोगका अनुसार अहिलेसम्म ८१ प्रतिशत सिटको नतिजा आइसकेको जनाएको छ । जसअनुसार जेलमा रहेका इमरान खानको पार्टीले बलियो अग्रता बनाएको छ ।

खानको पार्टी पीटीआइलाई निर्वाचन आयोगले चुनाव चिन्ह नदिएपछि पार्टीले स्वतन्त्र उम्मेद्वारमार्फत चुनाव लडेको हो । जेलभित्रैबाट निर्दलीय चुनावमा होमिएका इमरान खानले बलियो अग्रता बनाउदै जाँदा आयोगले मतपरिणाम सार्वजनिक गरेको छैन ।

पाकिस्तान तेहरिक ए इन्साफ पार्टी पीटीआई समर्थक निर्दलीय उम्मेदवारहरूले अहिले १५० सिटमा अग्रता बनाएको विवरण सार्वजनिक भएका छन् । इमरान खानको पार्टी तहरीके इन्साफ पार्टी समर्थित उम्मेदवारले खैबर पख्तुनख्वामा पनि अग्रता कायम रहेको जनाएको छ ।

त्यस्तै पञ्जाबमा भने पाकिस्तान मुस्लिम लीग नवाज पार्टीले केही सिटमा जित हासिल गरेको छ भने केही सिटमा पिटिआइले नै बाजि मारेको छ ।

अहिलेसम्मको नतिजा अनुसार खैबर पख्तुनख्वामा ३६ सिट पीटीआई समर्थित उम्मेदवारले जितेको छ भने पीएमएलएनले २ सिट र जमीएतउलेमा–ए–इस्लामले १ सिट जितेको छ ।

यता सेनाको पनि साथ रहेको भनिएका नवाज शरिफलाई झट्का लागेको छ । विजयी सुनिश्चित ठानेर लाहौरको मोडल टाउनमा पीएइल–एनले नवाज शरिफको विजयी भाषणका लागि स्टेज नै बनाइ सकेको थियो ।  इमरान समर्थक उम्मेदवारले जित्न थालेपछि निर्वाचन अधिकृतले परिणाम दिन नमानेको पीटीआईका कार्यकर्ताले आरोप छ ।

Categorized in अन्तर्राष्ट्रिय