बंगलादेशलाई हराउँदै पाकिस्तानको सेमिफाइनल सम्भावना जीवितै
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १५, बुधबार

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानले सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना जीवित राखेको छ । मंगलबार बंगलादेशलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले यो सम्भावना कायम राखेको हो ।
कोलकतामा भएको यस खेलमा विजयी भएसँगै पाकिस्तान ६ अंक जोडेर अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
यता हारसँगै बंगलादेशको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना भने सकिएको छ । बंगलादेशले ७ खेलमा एक जित मात्र निकाली २ अंक जोड्डै तालिकाको अन्तिममा छ ।
मंगलबार भएको खेलमा बंगलादेशले दिएको २ सय ५ रनको लक्ष्य पाकिस्तानले ३२.३ ओभरमा ३ विकेटको क्षतीमा पार गर्यो ।
पाकिस्तानका लागि ओपनरद्वय अब्दुल्लाह शफिकीले ६८ रन र फखर जमानले ८१ रन जोडे। कप्तान बाबर अजाम ९ रनमा आउट हुँदा मोहमद रिजवानले नटआउट २६ रन र इफ्तिखर अहमेदले नटआउट १७ रन जोडे ।
बंगलादेशका शोरफुल इस्लाम र तस्कनि अहमदले एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४५.१ ओभरमा २ सय ४ रन बनाउँदै अलआउट भयो ।
बंगलादेशका लागि मोहमुदुल्लाहले ५६ रन, नाजमुल हुसेनले ४५ रन र कप्तान सबिक अल हसनले ४३ रन जोडेका थिए ।
मेहेदी हसनले २५ रन बनाउँदा अन्य खेलाडिले दोहोरो अंक छुन सकेन् ।
बलिङमा पाकिस्तानका शाहीन शाह अफ्रिदी र मोहमद वासीमले ३–३ विकेट लिए । हरिस रउफले २ विकेट लिँदा उस्मा मिर र इफ्तिकार अहमदले समान एक/एक विकेट लिए ।
Categorized in स्पाेर्ट्स