arin enterprises

क्रिकेट विश्वकपमा पाकिस्तान र श्रीलंका भिड्दै

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २३, मंगलबार

एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार पाकिस्तान र श्रीलंका भिड्दैछन् । हैदरावादमा हुने खेलमा पाकिस्तान र श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।

यसलाई विश्वकपको हेभिवेट भिडन्तको रुपमा रहेको छ । श्रीलंकाले भर्खरै सकिएको एसिया कप क्रिकेटमा भने उपाधिको दाबेदार मानिएको पाकिस्तानलाई हराएको थियो ।

दुवै टिम एकदिवसीय खेलमा १ सय ५६ पटक भिडेका छन् । जसमा पाकिस्तानले ९२ र श्रीलंकाले ५९ पटक खेल जितेका छन् ।

यसपटक पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराउँदै प्रतियोगितामा विजयी सूरुवात गरिसकेछ ।

यस्तै साउथ अफ्रिकाले केही कीर्तिमान बनाएको खेलमा श्रीलंकाले पराजय ब्यहोरेको थियो ।

आज पाकिस्तानविरुद्ध उत्रदै गर्दा श्रीलंका प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको देखिन्छ । 

Categorized in स्पाेर्ट्स