arin enterprises

पल शाहलाई तनहुँ अदालतबाट सफाइ

SamacharDesk | २०७९ माघ ३, मंगलबार

बालिका बलात्कारको आरोपमा थुनामा परेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

पलविरुद्ध नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोग लागेको थियो । सोहि मुद्दा खेपिरहेका अभिनेता पललाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो ।

आज जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय सुनाएको छ ।

जस कारण उक्त सजाय सकिएपछि मात्र उनी थुनामुक्त हुनेछन् । यसैगरी जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।

सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

Categorized in समाज