पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
SamacharDesk | २०८० माघ १८, बिहिबार

नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको बैठकले बुधबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
निगमले खाना पकाउने एलपी ग्यासँमा प्रति सिलिण्डर १५ रुपैयाँ वृद्धि गरेको छ भने पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल–मट्टितेलमा २/२ रुपैयाँले मृल्य वृद्धि गरेको छ ।
वृद्धि भएको मूल्य अनुसार अब ग्याँस काठमाडौंमा प्रतिसिलिण्डर रु १९१० मूल्य कायम भएको छ ।
पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेलरमट्टिटेल १५८ रुपियाँ भएको निगमले बुधवार प्रकाशित गरेको सुचनामा उल्लेख छ ।
Categorized in राष्ट्रिय