arin enterprises

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

SamacharDesk | २०८० मङ्सिर १७, आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले त्यसलाई बचाउन अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

शनिवार दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) उहाँले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभयो ।

प्रधानमन्त्री दाहालले हिमाली मुलुक र त्यहाँका बस्तीको पीडा बुझ्न पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भयो ।

जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भन्दै उहाँले जलवायु मुद्दामा नेपाल अन्यायमा परेको बताउनुभयो ।

साथै उहाँले नेपालले जलवायु परिवर्तनका कारण परेको असर न्युनिकरणका लागि विगतमा गरिएका गरिएका निर्णय तथा प्रतिवद्धताहरु कार्यान्वयन गरेर अघि बढ्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले विश्वका नेताहरुले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् ।

यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते काठमाडौंबाट प्रस्थान गरेका थिए ।

Categorized in राष्ट्रिय