देशकै पर्यटकीय राजधानी बन्दै पोखरा
SamacharDesk | २०८० चैत्र ४, आइतबार

पर्यटकीय नगरी पोखरालाई आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ ।
फेवातालको बाराही घाटबाट एक कार्यक्रमकाबीच राजधानी घोषणा गरिने गण्डकी सरकारले जनाएको छ ।
गण्डकी सरकार, पोखरा महानगर, छिमेकी पालिकाहरु, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था तथा उद्योग वाणिज्य संघको पहलमा पोखरालाई नेपालकै पर्यटन राजधानी घोषणा गर्न लागिएको हो ।
पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने चर्चा ७ वर्ष अघिदेखि चले पनि सार्थकता भने बल्ल पाउन लागेको स्थानीय बताउँछन् । पोखरामा पर्यटन क्षेत्रमा करिब ७ खर्ब लगानी भइरहेको जनाइएको छ ।
पोखराको प्रचारप्रसार गरेर यहाँका पर्यटन गन्तव्यहरुको प्रवद्र्धन गर्न तथा पोखरालाई अझ ब्रान्डिङ गर्न यो आवश्यक भएको कार्यक्रम संयोजकहरुको भनाई रहेको छ ।
लगानीमैत्री वातावरण बनाउँदै यहाँको आर्थिक पर्यटनको प्रवद्र्धन गर्न राजधानी घोषणाले मद्दत पुग्ने उहाँहरुको भनाई छ । उद्घघाटन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा लोक झाँकीहरु पनि प्रस्तुत हुने जनाएको छ ।
साथै राजधानी घोषणा गरिएसँगै आइतबारदेखि पोखरामा अधिकांश व्यवसाय राति १ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ भने केही व्यवसाय मापदण्ड पूरा गरेर २४ सै घण्टा पनि खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Categorized in राष्ट्रिय