arin enterprises

ट्रयाक्टरको ठक्करबाट प्रहरी हवलदारको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र ९, मंगलबार

सर्लाहीमा सडक दुर्घटनामा परी एक सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु भएको छ । 

रामनगर गाउँपालिका ७ स्थित मधुवनी बरहथवा सडकखण्डमा प्र.२–०३–००२ प ५२१० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्र्याक्टरले हान्दा मोटरसाइकलमा सवार ३१ वर्षीय सशस्त्र प्रहरी सहायक हवलदार दिलिप चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका हरिपुर नगरपालिका ८ घर भएका हाल सर्लाहीमा कार्यरत हवल्दार चौधरीलाई जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

ट्रयाक्टर चालक हाल फरार रहेका छन् भने प्रहरीले चालकको खोजी गरिरहेको छ । 

Categorized in समाज