फिफा वरियतामा नेपालको स्थान यथावत
SamacharDesk – बिकाश | २०७७ कार्तिक ७, शुक्रबार

विश्व फुटबल महासंघ (फिफा) को वरीयता क्रममा नेपाल अघिल्लो स्थानमै यथावत् भएको छ ।
फिफाले जारी गरेको पछिल्लो वरीयतामा नेपाल एक सय ७०औं स्थानमा कायम छ । फिफाले अघिल्लो महिना जारी गरेको सूचीमा पनि नेपाल सोही स्थानमा थियो ।
कोभिड १९ संक्रमणको जोखिमका कारण नेपालले कुनैपनि खेल नखेलेका कारण नेपाल अघिल्लो स्थानमै यथावत रहेको हो ।
गत वर्षको चैत पछि नेपालमा कुनै पनि फुटबल प्रतियोगिता भएको छैन ।
तर नेपालले आउँदो महिना भने बंगलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
दक्षिण एसियाली राष्ट्रको वरीयतामा भने नेपाल तेस्रो स्थानमा छ ।
नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । नेपालपछि क्रमशः भुटान, बङ्गलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।
विश्व वरीयतामा भने शीर्ष स्थानमा बेल्जियम नै कायम छ ।
दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थानमा क्रमशः फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल रहेको छ ।
Categorized in स्पाेर्ट्स