गरिबी निवारण दिवस मनाईँदै
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ आश्विन ३१, आइतबार

आज अक्टोबर महनिाको १७ तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी विभिन्न प्रकारले अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईँदैछ ।
चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
सन् १९९३ देखि विश्वभर हरेक वर्षको अक्टोबर १७ को दिनमा यो दिवस मनाईँदै आएको छ । संयुक्त राष्ट्रसंघले गाँस, बास र कपासको अभावमा रहेका नागरिकलाई गरिब भनी व्याख्या गरेको छ ।
दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ ।
नेपाल सरकारले गरिबी निवारणका लागि भनेर थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको छ । नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य समेत राखेको छ ।
तर, अपेक्षाकृत ढङ्गले नेपालमा गरिबी घट्न सकेको छैन ।
Categorized in समाज