arin enterprises

म्युजिक भिडियो निर्देशनमा शतक संख्याको नजिक सुरेन्द्रः भिडियाेसहित

SamacharDesk – बिजयरत्न | २०८० फाल्गुण ६, आइतबार

नेपालभाषाको कला क्षेत्रमा हास्यव्यङ्ग प्रस्तुतिका लागि लोकप्रिय सुरेन्द्र मानन्धर नेपालभाषाको म्यूजिक भिडियो निर्देशनमा शतक संख्याका नजिक पुगेका छन् ।

एक पछि अर्को म्यूजिक भिडियो निर्देशन गरिरहेका मानन्धरको निर्देशनमा अर्को नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मानन्धरको निर्देशनमा गायक प्रवीण बज्राचार्यको गीत ‘आः जिं छु याये यःमां’को म्युजिक भिडियो सार्वजनिक भएको हो । बुधबार श्रीपन्चमीका दिन एक कार्यक्रम गरी उक्त गीतको प्रिमियर गरिएको थियो ।

वरिष्ठ गायक जुजुकाजि रन्जीतको उपस्थितीमा गीतको प्रिमियर गरिएको थियो । कार्यक्रममा नेवाः टिभिका प्रमुख नवीन जोशी, सन्चारकर्मी दर्शनवीर शाक्य र अग्रज सिने पत्रकार विजयरत्न असंबरे लगायतको उपस्थिती रहेको थियो ।

गायक बज्राचार्यकै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएकाे छ ।

निर्देशक मानन्धरकै शब्द रहेको गीतको म्यूजिक भिडियोमा उनैले अभिनय पनि गरेका छन् । गीतमा संगीत दिपेश सिंह र आकाश महर्जनको रहेको छ ।

म्यूजिक भिडियोमा मानन्धरको साथमा रबिता बके श्रेष्ठ, सरस्वती मानन्धर, ध्रुब कपाली, सुरेश मानन्धरको साथै गायक बज्राचार्य र संगीतकार दिपेश सिंहले पनि अभिनय गरेका छन् ।

निर्देशक मानन्धरका अन्य प्रस्तुतिहरु जस्तै यो  म्यूजिक भिडियो पनि कमेडी जनरामै छ । हास्यको साथमा म्यूजिक भिडियोले विवाह जस्तो महत्वपुर्ण निर्णय गर्न राम्ररी सोचविचार गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ ।

Categorized in पेजथ्री