चन्द्रमामा निजी कम्पनीको यान अवतरण
SamacharDesk | २०८० फाल्गुण ११, शुक्रबार

अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ओडेसियस नामक यान चन्द्रमाको सतहमासुरक्षित अवतरण गरेको छ ।
अमेरिकी कम्पनी ‘इन्टुएटिभ मसिन’ले प्रक्षेपण गरिएको उक्त यान मानवरहित हो । यो यान विहीबार साँझ चन्द्रमाको दक्षिणी ध्रुबमा अवतरण गरेको हो ।
उक्त यानले चन्द्रमाको दक्षिणी धु्रवतर्पm अवतरण गराई उक्त धु्रवमा पानीको सतह र सम्भावनाबारे अध्ययन गर्ने बताइएको छ ।
सो यान सन् १९७२ मा ‘अपोलो १७’ पछि चन्द्रमामा अवतरण गर्ने पहिलो अमेरिकी निजी मिसन बनेको छ ।
एलन मस्कको कम्पनी ‘स्पेस एक्स’को फाल्कन ९ रकेटमा यात्रा गरेपछि फेब्रुअरी १५ मा चन्द्रमामा यसको यात्रा सुरु भएको भयो ।
सन् २०२५ मा नासाको आर्टेमिस कार्यक्रमले मानिसहरूलाई चन्द्रमामा पठाउनु अघि चन्द्रमाको सतहबारे थप अध्ययन गर्न पठाईएको यो यानमा विभिन्न वैज्ञानिक उपकरणहरु जडान गरिएको छ ।
साथै यो यानमा जडान गरिएका रेडियो तथा सेन्सर उपकरणहरुले भविष्यमा अन्य यानलाई अवतरण गराउने सहयोग गर्ने बताईएको छ ।
Categorized in अन्तर्राष्ट्रिय