arin enterprises

पुष्पराजको ‘यो मन मेरो मन’ को म्युजिक भिडियो सार्वजनिक

SamacharDesk – विजयरत्न | २०७८ बैशाख ११, शनिबार

गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियो लोकार्पण गर्दै वरिष्ठ सिनेपत्रकार एवं नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशक विजयरत्न असंबरेले नेपालभाषा संगीत क्षेत्रका चर्चित गायक शाक्यको यो पहिलो नेपाली गीत पनि लोकप्रिय हुनेमा आशावादी रहेको बताउनु भयो ।

त्यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष एवं कलाकार सुरजवीर बज्राचार्य, निर्देशक सुरेन्द्र तुलाधर लगायतले गीतको बारे आआफ्नो विचार राख्दै सर्जक पुष्पराजको प्रगतिको कामना गर्नुभयो ।

गीतका सर्जक पुष्पराजले विभिन्न सामाजिक परिस्थितिका कारण अशान्त मनको प्रभावमा पनि मन शान्त होस्, दृढ होस् भन्ने भावले यो गीत सृजना गरेको बताउनुभयो ।

वाद्यवादकहरु सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको यस म्यूजिक भिडियोको छायाँकन, सम्पादन तथा निर्देशन अमर चित्रकारले गर्नुभएको छ ।

Categorized in पेजथ्री