arin enterprises

कोरोना भ्याक्सिनको उत्पादन तीव्र बनाउन शक्ति राष्ट्रहरुबीच सहकार्य हुने

SamacharDesk – बिकाश | २०७७ फाल्गुण २९, शनिबार

क्वाड राष्ट्रहरुले कोभिड १९ विरुद्ध मिलेर काम गर्नका लागि छलफल गरेका छन् । क्वाड राष्ट्र सदस्यहरु अमेरिका, भारत जापान र अष्ट्रेलियाको पहिलो वैठकमा कोभिड भ्याक्सिनसँग सम्वन्धि सहकार्य गर्नका लागि छलफल गरेको बताइएको छ ।

कोभिड भ्याक्सिनको विरतणलाई तीव्र बनाउँदै कोरोनाभाईरसमा चाँडो भन्दा चाँडो नियन्त्रण गर्नकालागि क्वाड राष्ट्रहरुबीच छलफल भएको बीबीसीले जनाएको छ ।

२०२२ को अन्तसम्ममा कोरोना भ्याक्सिनको कम से कम एक अरब डोज तैयार गर्नका लागि अमेरीकाले भारतीय औषधी निर्माता कम्पनी बायोलोजिकल ई लिमिटेडलाई आर्थिक सहयोग गर्ने व्हाइट हाउसले बताएको छ । योसँगै जापानले पनि भारतलाई सहुलियत दरमा ऋण दिने कुरा गरेको छ ।

क्वाड राष्ट्रको भर्च्युअल वैठकमा कोरोना महामारीको सम्वन्धमा चाइनाबाट उत्पन्न भएको चुनौतीको बारे चर्चा गरेको बताइएको छ । कोरोना भ्याक्सिनमा चीनको एकाधिकार तोड्न क्वाड राष्ट्रहरुले सहकार्य गर्दै भ्याक्सिन उत्पादनलाई तीव्रता दिन लागेको बताइएको छ ।

वैठकमा पर्यावरण र सुरक्षाको विषयमा पनि छलफल भएको बीबीसीले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय