arin enterprises

सुपर कपको फाइनलमा रियल र बार्सा भिड्दै

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २७, शुक्रबार

बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार ओसासुनालाई २–० ले हराउँदै बार्सिलोना फाइनल पुगेको हो ।

साउदी अरबीयामा भएको बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्की र यामलले समान एक एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकेको खेलमा बार्सिलोनाले ५९ औ मिनेटमा अग्रता लिए । बार्साले लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा यामलले गोल गर्दै बार्साको अग्रता दोब्बर पारे ।

बाँकी समयमा अरु गोल नहुँदा बार्सिलोनाले फाइनलको यात्रा तय गरेको हो ।

बार्सिलोनाले कीर्तिमानी १४ औं पटक स्पेनिस सुपर कपको उपाधि जितिसकेको छ ।

उसले १५ औं उपाधिका लागि रियल म्याड्रिडसँग खेल्नेछ ।

फाइनल खेल १५ जनावरीको दिन साउदी अरबीयामै हुने छ ।

Categorized in स्पाेर्ट्स