रियल शीर्ष स्थानमा उक्लियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर ११, सोमबार

रियल म्याड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । आईतबार कार्डिजमाथि ३–० को जित निकाल्दै रियल पुनः तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।
रियललाई जिताउन रोड्रिगो र जुड बेलिङघमले शानदार प्रदर्शन गरे ।
खेलमा अग्रता पाहुना टोली रियलले रोड्रिगोको गोलमा १४ औं मिनेटमा लिएको थियो । लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै रोड्रिगोले ६४ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे ।
बेलिङघमले ७४ औं मिनेटमा गोल गर्दै रियललाई ३–० को जित दिलाए । योसँगै स्पेनिस लिगका १२ खेलमा गोल संख्या ११ पुगेको छ । उनी यसै समर ट्रान्सफरमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट रियल आएका हुन् ।
खेल सुरु हुन अघि रियल शीर्ष स्थानको जिरोना भन्दा दुई अंकले पछि थियो ।
चोटका कारण रियलले अर्का फरवार्ड भिनिसियस जुनियरलाई गुमाएको छ ।
तर सन् २०१९ मा सान्तोसदेखि स्पेनिस क्लब आएपछि ब्राजिली रोड्रिगोले पहिलो पटक लगातार तीन खेलमा रियलका लागि गोल गरेका छन् ।
शीर्ष स्थानको रियल म्याड्रिडको ३५ अंक छ । गिरोना ३४ अंक सहित दोस्रो स्थानमा छ ।
कार्डिच १० अंक सहित तालिकाको १६ औं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स