रियल म्याड्रिड बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण ७, सोमबार

स्पेनिस लालिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आईतबार रियलले रायो भालेकानोसँग १–१ गोलको बराबरीमा खेलेको हो ।
खेलको तेस्रो मिनेटमा जोसेलुले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु टोलीका डि थोमसले २७ औं मिनेटमा पेनाल्टीमा बराबरी गोल फर्काएका थिए ।
खेलको बाँकि समय अरु गोल नहुँदा दुवै टोलीले अंक बाँडेका हुन् ।
त्यसअघि खेलको अन्तिममा ड्यानी कार्भाहलले रातोकार्ड पाउँदै बाहिरिएपछि रियल १० खेलाडिमा समेतेको थियो । रियलको योे बराबरीसँगै जिरोना र बार्सिलोनाका लागि उपाधिको थोरै आश जगाएको छ ।
रियलले यस सिजन लिगमा मात्र एक खेलमा हार ब्यहोरेको छ । लालिगा अंक तालिकाको शीर्ष स्थानमा रहेको रियलले २५ खेलमा ६२ अंक जोडेको छ ।
यस्तै रायो भालेकानोले समान खेलमा २५ अंक जोड्डै तालिकाको १४ औं स्थानमा छ ।
बार्सिलोनाले समान खेलमा ५४ अंक सहित तेस्रो स्थानमा र एक खेलकम खेलेको दास्रो स्थानको गिरोनाले ५६ अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स