संघर्षमय जितसँगै रियल शीर्षस्थानमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ६, शुक्रबार

रियल म्याड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा फर्किएको छ । बिहिबार भएको खेलमा अलवेसलाई १–० ले हराउँदै रियल पुनः शीर्ष स्थानमा फर्किएको हो ।
रियललाई जिताउने क्रममा लुकास भास्क्वेजले विजय गोल गरे । उनले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका थिए ।
यसअघि कप्तान नाचोले दोहरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएका पछि रियल १० खेलाडिमा सीमित रहे ।
रियल १० खेलाडिमा सीमित भएपनि ३ अंक आफ्नो पोल्टामा पारे ।
रियलले १८ खेलमा ४५ अंक जोड्डै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
समान खेलमा समान अंक सहित गिरोना दोस्रो स्थानमा छ ।
यस्तै अलवेस १६ अंक सहित १६ औं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स