रियलका कार्भाजल घाइते
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर १९, मंगलबार

रियल म्याड्रिडका डिफेन्डर डानी कार्भाजल घाइते भएका छन् । शनिबार ग्रानाडाविरुद्धको खेलमा कार्भाजलको बायाँ खुट्टाको मांशपेशीमा चोट लागेको हो ।
ला लिगाको खेलमा हाफमा मैदान बाहिरिए पछि उनको स्थानमा लुकास भाजक्विेज मैदान छिरेका थिए ।
यस चोटका कारण कार्भाजल करिब एक महिना मैदान बाहिर रहने देखिएको छ ।
रियलका राइट ब्याक पनि लामो समय चोट बोक्ने खेलाडीको सूचिमा कार्भाजल थपिएका छन् । यसअघि थिवाउट कोर्टोइस, एडर मिलिटाओ, ओरेलियन टचोमेनी, एडुआर्डो कामाभिङ्गा, लुका मोड्रिक, अर्दा गुलेर र भिनिसियस जुनियर चोटका कारण मैदान बाहिर छन् ।
सबै प्रतियोगितामा १७ खेलमा रियलका लागि प्रतिनिधित्व गरेका उनी यस सिजन करियरकै उत्कृष्ट फर्ममा देखिएका थिए ।
रियलले जनवरी १० मा हुने स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग खेल्दैछ । सोहि खेलदेखि उनी मैदान फर्कने आश क्लबले गरेको छ ।
रियलस्पेनिस लिगको शीर्ष स्थानमा रहेको छ । १५ खेलमा रियलले ३८ अंक बनाएको छ ।
यस्तै रियलले समूह विजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा समेत स्थान बनाइसकेको छ ।
Categorized in स्पाेर्ट्स