arin enterprises

राष्ट्रियसभाको उपनिर्वाचनको लागि देवकोटा थापाको उम्मेदवारी दर्ता

SamacharDesk – बिराज | २०७८ बैशाख २४, शुक्रबार

राष्ट्रियसभाको उप निर्वाचनको लागि नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दर्ता गराउन गृहमन्त्री रामबहादुर थापा हेटौंडातर्फ लागेका छन् ।

नेकपा एमालेको आज बसेको नेताहरुको बैठकमा गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि थापा हेलिकोप्टर चढेर हेटौंडा लागेका हुन् । थापासँगै नेता अग्नि खरेलपनि उता लाग्नुभएको छ ।

यता नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र) लगायतका प्रतिपक्षी दलहरुले भने संघियताविद् खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् । देवकोटालाई नेकपा एमालेको माधव नेपाल समूहको समेत समर्थन रहेको छ ।

देवकोटाले हेटौंडामा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

गृहमन्त्री थापा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले पार्टीले उनलाई कारवाही गर्दै पार्टीबाट निष्काशन गरेको थियो । त्यसपछि उनको सांसद पद पनि खारेज भएपछि सोही रिक्त हुन गएको एक सिटका लागि आउँदो जेठ ६ गते हुने उपनिर्वाचन हुँदैछ ।

थापा २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट विजयी भएका थिए ।

उम्मेदवारी दर्ताका लागि आज अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको नामावलि पनि आजै प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ । 

Categorized in राजनीति